आज विश्वकप छनोटमा नेपालले जिम्बाब्बेसँग खेल्दै
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट आज जिम्बाब्वेमा सुरु हुँदैछ । नेपालले घरेलु टोलीसँग खेल्दै आफ्नो यात्रा सुरु गर्दैछ। समूह ए मा रहेका नेपाल र जिम्बाब्वेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार पौने एक बजे सुरु हुनेछ। टेस्ट मान्यता प्राप्त राष्ट्रसँग नेपालले ओडीआई खेल्न लागेको यो पहिलो पटक हो ।
नेपालले अहिलेसम्म खेलेका ५१ ओडीआई सबै एसोसिएट राष्ट्रविरुद्ध हुन् । नेपाल विश्व क्रिकेट लिग टूको शीर्ष तीनमा रहँदै सिधै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको थियो। जिम्बाब्वे सुपर लिगबाट झरेको हो। छनोटको तयारी स्वरुप नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुई अभ्यास खेल खेलेको थियो।
खराब ब्याटिङ गरेको नेपाल दुवैमा पराजित भयो। प्रतियोगितापूर्वको अन्तिम वार्मअपमा भने नेपालले ओमानलाई २ विकेटले पराजित गर्दा कुशल भुर्तेलले शतक प्रहार गरेका थिए । पहिलो वार्मअपमा भने नेपाल यूएईसँग हारेको थियो । कप्तान रोहित पौडेलले यो प्रतियोगिताका लागि टिमले लामो समयदेखि मेहनत गरेको बताएका छन्।
नेपाल र जिम्बाब्वे ५० ओभरको खेलमा यसअघि २०१८ मा आमने सामने भएका थिए। जसमा जिम्बाब्वे १ सय १६ रनले विजयी भएको थियो। ३ सय ८१ रनको लक्ष्य पछ्याएको नेपालका लागि आरिफ शेखले ५०, रोहितले ३० र ज्ञानेन्द्र मल्लले ३२ रन बनाएका थिए । यी तीनै खेलाडी अहिले टिममा समावेश छन्।
क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, सामाजिक सञ्जाल
ट्याग : #आईसीसी एकदिवसीय, #एसोसिएट राष्ट्र, #नेपालले घरेलु टोली
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्