Techie IT
  • २० मंसीर २०८१, बिहीबार
KhojPatrika

नयाँ मुख्यसचिवमा डा. बैकुण्ठ अर्याल नियुक्त, कार्यकाल बाँकी हुँदै वैरागीको राजीनामा ! (भिडियोसहित)


काठमाडौं । सरकारले नयाँ मुख्यसचिवको रुपमा डा. बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । शुक्रबार सचिवको ५ बर्षे कार्यकाल सकेर घर जान लागेका अर्याललाई ल्याउन हतार–हतार यस्तो नियुक्ती गरेको हो ।

अहिलेका मुख्यसचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरेर अर्याललाई मुख्य सचिव बनाएको छ । हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छन् ।

सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल असार ३ गते सकिंदै थियो । हालका मुख्यसचिव रहेका वैरागीको कार्यकाल भने आगामी असोज मसान्तसम्म थियो । अर्यालले सचिवमा बढुवा भएको ५ वर्षको अवधिमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गरिसकेका छन् ।

नेपाल सरकारका ७२ जना सचिवमध्ये अर्याल सबैभन्दा वरिष्ठ सचिव भएपनि उनी मुख्यसचिव हुन नपाउने देखिएपछि हतार गरिएको हो । मुख्यसचिव वैरागी र सचिव अर्यालको सम्बन्ध राम्रो भएका कारण उनीले बीचमै छोडेका हुन ।

चैत दोस्रो साता अर्याललाई सञ्चार मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको थियो । केही समय अतिरिक्त समूहमा राखिए पनि पछि उनलाई आर्थिक तथा पूर्वाधार विकास हेर्ने जिम्मेवारी दिइएको थियो ।




क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #डा. बैकुण्ठ अर्याल, #नयाँ मुख्यसचिव, #राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार, #शंकरदास वैरागी

तपाईको कमेन्ट लेख्नुहोस्