सरकारविरुद्ध निरन्तर बोल्ने माधव नेपाल आखिर कसरी पछि हटे ? सरकार ढाल्ने धम्कीले प्रचण्ड लचिलो
काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/ 0८१ का लागी ल्याएको बजेटमाथी आक्रामक देखिएका नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिले सकारात्मक देखिएका छन । बजेट नसच्याए सरकार ढल्ने चेतावनी दिएका नेपाल अहिले त्यहि बजेट पारित गर्न तयार भएका हुन् ।
यसअघि अर्थमन्त्री डाक्टर महतले ल्याएको बजेट गोरखा, डडेल्धुरा नुवाकोटमुखी भएको भन्दै नेपालले सच्याउन माग गरेका थिए । उनले बजेट नसच्याए प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको बर्तमान सरकार ढल्ने चेतावनी दिएका थिए । बजेटको बिरोध गर्ने क्रममा नेपालले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीले लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिएका थिए । अहिले भने बजेटलाई लिएर नेपाल नरम छन ।
बजेटलाई छोडेर अहिले सत्ता गठबन्धनको बचाउ गरीरहेका छन । सरकार ढाल्ने चेतावनी सम्म दिन भ्याएका नेपाल अहिले भने सत्ता गठबन्धनका घटकहरुका बीचमा केही मतान्तर हुनु स्वाभाविक रहेको बताउछन । अध्यक्ष नेपाल मात्रै होईनन् एकिकृत समाजवादीका अन्य प्रभाबशाली नेताहरुले समेत बजेटको चर्को बिरोध गरेका थिए ।
उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेदेखी अन्य सांसदहरुसम्मले सार्वजनिक कार्यक्रमबाटै बजेटको चर्को आलोचना गरेका थिए । उनीहरुले नै बजेटको बिरोध गर्न अध्यक्ष माधव कुमार नेपालमाथी दबाब बनाएका थिए । बजेट सच्याउन माग गर्दै उनिहरु प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट्न सिंहदरबार समेत पुगेका थिए । मंगलबार मात्रै बसेको सत्ता गठबन्धनको बैठकले बजेट सच्याउने विषयमा सकारात्मक छलफल गरेको बताइएको थियो । त्यसलगत्तै अध्यक्ष नेपालको बोली समेत फेरिएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अर्थमन्त्री डाक्टर प्रकाशशरण महत, #बजेटमाथी आक्रामक
ताजा खबर
- १‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
- २पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
- ३नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- ४कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ५कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?



तपाईको कमेन्ट लेख्नुहोस्