काठमाडौं उपत्यकाको धुँवाधुलो नियन्त्रणमा तीनै तहका सरकार असफल, बर्षेनी ५ हजारको मृत्यु
काठमाडौं । विश्वमा हरेक वर्ष धुँवाधुलोका कारण ४२ हजारको हाराकारीमा मानिसहरुकोे मृत्यु हुने गरेको तथ्याँक बाहिरिएको छ । जसमा काठमाडौँ उपत्यकामा मात्रै धुँवाधुलोकै कारण ५ हजार भन्दा बढिको मृत्यु हुने गरेको पाईएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ९९ प्रतिशत मानिसहरु वायु प्रदुषित वातावरणमा बस्ने गरेका छन् । नेपालको संघिय राजधानी काठमाडौँ शहर हरेक दिन कुरुप हुँदै गईरहेको छ । संघीय राजधानी काठमाडौ शहर अहिले जनसंख्याको चाप, भिड र समस्यामा डुबेको छ ।
धुँवा, धुलो, सडकमा यातायातका साधनहरुको चाप, आवातजावत गर्ने मानिहरुको चाप, फोहोरले दुर्गन्धित सडका पेटिहरु, भुँईमा लत्रिरहेका तारहरुले शहर कुरुप बन्न थालेको छ । विशेषगरी पछिल्लो समय संघिय राजधानि काठमाडौँ शहर धुलाम्मे बन्न थालेको छ । यसरी बढिरहेको धुँवाधुलोको प्रभावले मानिसहरुको स्वास्थ्यमा पनि प्रतिकुल असर पार्दै गएको छ ।
धुँवाधुलो न्युनिकरणमा शहरी विकास योजनाका काम व्यवस्थित हुन नसक्नु र सम्बन्धित निकायहरुले ध्यान दिन नसक्नाले धुँवाधुलोको मात्रा बढ्ने गरेको वातावरणविद् शंकर प्रसाद पौडेल बताउँछन् । वातावरणमा प्रतिकुल हुँदै जानुमा हरेक दिन आवातजावत गर्ने सवारी साधनहरु, दैनिक सञ्चालनमा आउने कलकारखानाबाट निस्किने धुँवा जस्ता कारण रहेका छन् ।
यसरी बढिरहेको धुँवाधुलोले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा मानव जिवनमा असर पु¥याईरहेको हुन्छ । तर विशेषगरी धुवाँधुलोको प्रभाव काठमाडाँै उपत्यका र तराई क्षेत्रमा बढि हुने गरेको जानकार बताउँछन् । काठमाडाँै हरेक मानिसहरुको सपनाको एक शहर हो । तर त्यही सपनाको शहर काठमाडौँमा भने जो कोही पनि बाहिर निस्किएर सजिलै हिँड्न सक्ने अबस्था छैन । धुँवाधुलोकै कारण शहरमा बस्न समेत समस्या आएको सर्वसाधारणको गुनासो छ ।
उपत्यकामा हरेक दिन बढिरहेको धुँवाधुलोको प्रदूषणबाट बच्नु मात्र जोखिम कम गर्ने उपाय नभई प्रदुषणनै कसरी कम गर्न सकिन्छ भन्ने विषय महत्वपुर्ण हो । यता काठमाडौं महानगरपालिकाले केहि समय अगाडि बु्रमर थपेर धुँवाधुलो नियन्त्रण कार्य सुचारु गर्ने भनेको भएपनि अझै कार्यन्वयन गर्न भने सकेको छैन । यसरी सम्बन्धित निकायले नै बनाईएका निति निर्माण कार्यन्वयनमा नआउनाले व्यवस्थित शहर समेत बन्न सकेको छैन ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #५ हजार भन्दा बढिको मृत्यु, #आवातजावत गर्ने, #धुँवाधुलो
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्