पूर्वपरराष्ट्रमन्त्री खड्का र अष्ट्रियाका पूर्व राष्ट्रपति फिसरबीच भेटवार्ता
काठमाडौं । यूरोप भ्रमणमा रहेका पूर्व परराष्ट्रमन्त्री एवंम् संघीय सांसद डा. नारायण खड्काले अष्ट्रियाका पूर्व राष्ट्रपति हाईन्ज फिसरसँग भेटवार्ता गरेका छन् ।
भेटका अवसरमा दुई कार्यकाल राष्ट्रपति निर्वाचित भएका फिसरले नेपाली कांग्रेसका संस्थापक नेता एंवम पूर्व प्रधानमन्त्री विपी कोइरालालाई त्यस समयका अष्ट्रियाका सोसलिष्ट पार्टीका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्रीले कोईरालाको अष्ट्रिया भ्रमणका क्रममा भीयना एअरपोर्टबाट उनको अनुरोधमा घरमा राखेको कुरा हार्दिकताका साथ स्मरण गरेका थिए ।
उनी विपीका असल मित्र रहेको पनि बताएका छन । सो भेटका अवसरमा डा. खड्काले विपी कोईरालाको सरकारको समयमा स्थापित दुई पक्षीय सम्वन्ध विस्तारका लागि पर्यटन, जल विधुत तथा पर्यावरणको संरक्षणमा सहयोग गर्न अनुरोध गरेका छन । साथै सन् १९९८ देखि बन्द भएको अष्ट्रियन एअरलाईन्सको नेपाल उडान पून सुचारु गर्नका लागि अष्ट्रियाको सरकारलाई अनुरोध गरिदिन आग्रह समेत गरेका छन ।
जवाफमा फिसरले युक्रेन संकट र यूरोपेलीको सुरक्षा आदि विषयमा ऐतिहासिक दृष्टान्तका साथ निकै रोचक घटनाहरू उल्लेख गरेका थिए । त्यस्तै उनले नेपाल भ्रमणको स्मरण गर्दै नेपालका लागि उठाइएका विषयहरूलाई आफ्नो सरकारसंग अनुरोध गरिदिने आश्वासन समेत दिए । उक्त भेटवार्तामा अष्ट्रियाका लागि नेपाली राजदूत भारतकुमार रेग्मीको पनि उपस्थिती रहेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नारायण खड्का, #पूर्व परराष्ट्रमन्त्री, #पूर्व राष्ट्रपति हाईन्ज फिसर
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्