Techie IT
  • ३ फागुन २०८१, शनिबार
KhojPatrika

एमालेमा पूर्वमाओवादी पेलानमा, जिम्मेवारी दिन आनाकानी,कोही चुपचाप, कोही विदामा


काठमाडौं । तत्कालिन नेकपा विघटन भएपछि नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका पूर्वमाओवादीहरु चेपुवामा परेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको शासन चलिरहेका बेला पूर्वमाओवादीको भुमिका समेत कमजोर देखिएको हो । गत जेठ १९ को एमाले केन्द्रीय सचिवालय बैठकले त पार्टीको कार्यकारिणी कमिटीमा ७० बर्षे.उमेर हद हटाउने निर्णय गरेपछि एमालेबाट छुुट्टिएकाहरु धमाधम फर्किन थालेका छन् ।

७० बर्षे उमेर हद हटेपछी एमालेबाट छुट्टीएका राष्ट्रियसभा सदस्य बामदेव गौतम ओलीको निम्तो कुरेर बसेका छन् । उनका अलवा तत्कालिन नेकपा विघठन हुँदा एमालेबाट छुट्टिएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीका नेताहरु एमालेमै फकिरहेका छन् । समाजवादीमा बरिष्ठ उपाध्यक्षको जिम्मेवारी छाडेर मुकुन्द न्यौपाने, भागवत विश्वासी र चुडामणी जंगली एमालेमा फर्किएर केन्द्रिय सदस्यको समेत जिम्मेवारी पाइसकेका छन् । उनीहरुका अलवा अन्य दर्जनौ नेताहरु एमालेमा फर्किरहेका छन् । यस्तोमा एमालेमा रहेका पूर्वमाओवादीहरुको भुमिका कमजोर मात्रै बनेको छैन ।

पूर्वमाओवादीहरु चेपुवामा परेका हुन् । एमाले पार्टी सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले निलम्बन गरीसकेको छ । पार्टीका स्थायी समिति सदस्य प्रभु साह यसअघि नै अलग भई आफ्नो नेतृत्वमा पार्टी गठन गरीसकेका छन् । अर्का स्थायी समिति सदस्य मणि थापा बिदा बस्ने भन्दै पत्र लेखेर विप्लव नेतृत्वको नेकपामा जान छलफल चलाईरहेका छन् । पार्टीमा भएका उपाध्यक्ष रामबहादुर थापालाई कुटनीतिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षा र कृषि तथा उद्यमशीलता सम्बन्धी विभागहरू हेर्ने जिम्मेवारी दिएको छ ।

जुन पार्टीको महत्वपूर्ण विभाग मानिँदैन । थापाको जनमत बलियो नभएकाले पार्टीले उनलाई महत्व दिएको छैन । पार्टीका औपचारिक कार्यक्रममा पनि उनी कम देखिन्छन । पार्टी बैठकमा भने नियमित उपस्थित हुने गरेका छन् । उनकी श्रीमती नैनकला थापालाई सांसद बनाएर सान्त्वना दिने प्रयास गरिएको छ । अर्का पार्टी सचिव लेखराज भट्टलाई कर्णाली प्रदेशको इन्चार्ज बनाएर महत्व दिएको छ । उनी चुनावमा पराजित भए पनि पार्टीका महत्वपूर्ण जिम्मेवारी पाउँदै आएका छन् ।

पहिला सुदूरपश्चिम प्रदेशका इन्चार्ज थिए भने अहिले कर्णाली प्रदेशको इन्चार्ज बनाएको छ । उनलाई माओवादीमा फर्काउन सुदूरपश्चिमका नेताहरू सक्रिय भएपनि उनले फर्किन मानेका छैनन् । एमालेमा पूर्वमाओवादी अपहेलित भइरहेका बेला यता माओवादी नेताहरु भने पार्टीमा स्वागत गर्न आतुर रहेका छन् । त्यसो त एमालेमा पूर्वमाओवादीका अलावा एमाले नेताहरु नै अध्यक्ष ओलीको पेलानमा परेका छन् । एमालेका जिम्मेवार नेता भिम रावललाई समेत वास्ता गरिएको छैन् ।

त्यस्तै अर्का पूर्व एमाले सचिव घनश्याम भुषाले पेलान सहन नसकेर एकिकृत समाजवादीमा प्रबेश गर्दे महासचिव बनिसकेका छन् । एमाले छिन्नभिन्न भएपछि २०७९ को आमचुनावमा जनमत गुमाएको महसुस गर्दै यतिबेला पार्टी पुननिर्माणमा लागेको छ । पार्टि पुननिर्माणमा लागेको एमालेले पूर्वएमालेहरुलाई बढि महत्व दिन थालेपछि पूर्वमाओवादीहरु चेपुवामा परेको आँकलन समेत शुरु भएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चेपुवा, #पूर्वमाओवादीहरु, #माओवादी केन्द्र

तपाईको कमेन्ट लेख्नुहोस्