राष्ट्रिय सहकारी बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
ललितपुर । राष्ट्रिय सहकारी बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा ललितपुरको महालक्ष्मी नगरपालिकाको लामाटार र रुपन्देहीको तिलोत्तमा सामुदायिक पार्कमा वृक्षारोपण गरिएको छ । बैंकको इमाडोल शाखाले वनस्पति, फलफूल लगायत विभिन्न जातका ८१ वटा बोट बिरुवा र तिलोत्तमा शाखाले विभिन्न जातका ५०० वटा बिरुवा रोपिएको बैंकले जनाएको छ ।
त्यस अवसरमा इमाडोलमा भएको वृक्षारोपण कार्यक्रममा बैंकका सञ्चालक रामहरि बजगाईँले रुद्राक्षको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । दिगो विकास लक्ष्य प्राप्ति अन्तरगत सहकारीहरूले वातावरण संरक्षण सम्बन्धी क्रियाकलापहरू गर्नुपर्ने आजको आवश्यकता रहेको भन्दै वर्तमान अवस्थामा जलवायु परिवर्तनले वातावरणीय पर्यावरणमा ल्याएको प्रभावलाई न्यूनीकरण गर्न यस्ता खालका कार्यक्रमहरूले टेवा पु¥याउने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा बैंकको व्यवसाय विकास विभागका प्रमुख मधु रायमाझी, इमाडोल शाखाका शाखा प्रमुख अनुजा सैँजु, पदाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजाराम पौडेल लगायतको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्