Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

अदालतको फैसलामा ढिलाई, सन्दीपको पक्षमा नाराबाजी, दक्षिण अफ्रिका जान पाएनन्


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा बलर सन्दीप लामिछानेको पक्षमा काठमाडौंमा नाराबाजी भएको छ । स्वतन्त्र यूवाहरुको समुहले मंगलबार माइतीघर मण्डलामा पुुगेर नाराबाजी गरेको हो । उनीहरुले सन्दीप लामिछानेको मुुद्धाको निरुपण छिटो गर, पेशी पेशी भन्दै न्याय ढिलो गर्न पाहिदैन, न्याय खारेज गर्नु भनेको न्याय अस्वीकार गर्नु हो, लगायतका नारा लगाएका पम्पलेट बोकेका थिए । नावालिग बलात्कारको मुुद्धाको झमेलामा परेका सन्दीपको मुुद्धा समयमै किनारा नलाग्दा उनी विश्वकप क्वालिफायर खेल्न बाट बञ्चित हुने सम्भावना बढेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबारै एकदीवसीय विश्वकप क्वालिफायरको तयारीका लागि अभ्यास खेल खेल्न दक्षिण अफ्रिका उडिसकेको छ । नेपाली टिमले त्यहाँ स्कटल्याण्ड र नेदरल्याण्डसंग अभ्यास खेल खेल्नेछ । त्यसपछि त्यहाँ बाट नेपाली टिम विश्वकप क्वालिफायर खेल्न जिम्बाब्बे जानेछ । तर सन्दीप मुद्धाकै कारण अफ्रिका जान पाएनन् । काठमाडौं जिल्ला अदालतले मंगलबारसहित ४ पटक मुद्धाको पेशी तोकेर किनारा लगाउन नसक्दा सन्दीपमाथि अन्याय भएको उनका समर्थकको गुनासो छ ।

मंगलबार मुद्धाको अन्तिम फैसला आउने अनुमान गरिएको भएपनि फैसला आएन । त्यसपछि सन्दीपको मुद्दा सुनुवाइमा ढिलाई भएका कारण उनी अफ्रिका नजाने निर्णय भएको सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले बताए । घिमिरेले मुद्दाको टुंगो नलगाई उनी विदेश नजाने निर्णय भएको र जिम्बावे भ्रमणबारे अझै केही निर्णय भइनसकेको बताएका छन् । जसले समेत सन्दीप विश्वकप क्वालिफायरमा उपलब्ध हुुन्छन् या हुुदैनन् अन्योलता सृजना भएको छ ।

पछिल्लो समय सन्दीपविरुद्ध लागेको बलात्कारको आरोपको फैसला सुनुवाई विभिन्न बहानामा पेशी सर्दै आएको छ । मंगलबारका लागि पेशी तोकिएको भएपनि काठमाडौं जिल्ला अदालतले अन्तरिम क्षतिपूर्तीको निवेदन परेकाले त्यसको निर्णय भएपछि मात्र अन्तिम सुनुवाई हुने आदेश सुनाएको हो ।

यता नेपाल क्रिकेट संघ क्यानले सन्दीप विनाको क्रिकेट कल्पना गर्न नसकिने बताइरहेको छ । पहिलेदेखि नै सन्दीपको पक्षमा देखिएको नेपाल क्रिकेट संघले यसअघि विश्वकप छनोटका लागि १६ सदस्यीय टिममा समाबेश गरेको थियो । सन्दीप दक्षिण अफ्रिका अभ्यासमा नउडेपछि जिम्बाब्बेसमेत नजाने सम्भावना बढेको छ । यसअघि नै सर्वाैच्च अदालतले सन्दीपको मुद्धा फास्ट ट्रयाकमा लगेर छिनोफानो गर्न जिल्ला अदालत काठमाडाँैलाई फागुन १५ मा निर्देशन दिएको थियो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेपाली राष्ट्रिय क्रिकेट, #सन्दीपको पक्षमा नाराबाजी

तपाईको कमेन्ट लेख्नुहोस्