Techie IT
  • २० मंसीर २०८१, बिहीबार
KhojPatrika

सांसद विकास कोष व्यूँतियो, सांसदको गोजीमा ५ करोड, कार्यान्वयन हुने अर्थमन्त्रीको दाबी


काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गरेरै छाड्ने दाबी गरेका छन् । संसदमा विनियोजन विधेयक पेश गरेको अर्कोदिन मन्त्री महतले राजश्व नीतिमा सुधार गरेका कारण राजश्व चुहावट पनि कम हुने बताएका छन् । उनले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल हुने समेत बताए । संघीय संसदमा बजेट पेश गरेको अर्को दिन अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुने दाबी गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट फरक किसिमको रहेको भन्दै मन्त्री महतले बजेटले लिएका लक्ष्य पुरा हुने समेत बताए । अर्थमन्त्री महतले बजेटले विद्युतीय सवारीमा कर नबढाएको, तर केही लुपहोललाई मिलान मात्र गरेको बताएका छन् । पेट्रोलियम पदार्थमा आधारित सवारी साधनमा ३ सयसम्मको करको दर रहेको भन्दै उनले विद्युतीय सवारी साधन बिस्थापित हुने अबस्था आउन नदिने समेत बताएका छन् ।

अर्थमन्त्री महतले बजेटले लिएको लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्न सरकार सफल हुने समेत बताएका छन् । आयोजना अनुगमनका लागि संयन्त्र गठन गर्ने, र निर्माण सम्पन्न हुने आयोजनाका लागि मात्रै बजेट विनियोजन गरेर बजेट कार्यान्वयन हुने वातवरण बनाउन खोजेको समेत बताएका छन् ।
सांसद विकास कोष व्यूँतियो, सांसदको गोजीमा ५ करोड
सोमबार प्रतिनिभिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले झण्डै तिन घण्टा बजेट भाषण गरिरहँदा अधिकांश सांसद आफ्नै तालमा थिए । धेरै सांसदको अनुहारमा कतिबेला बजेट भाषण सकिएला र निस्किउँला भन्ने अबस्था समेत देखिएको थियो । केहि सांसद आराम गरिरहेको जस्तो देखिन्थ्यो तर जव अर्थमन्त्री महतले बजेट भाषण सक्नु १० मिनेट अघि संसदीय क्षेत्र विकास कार्यक्रमको लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको जानकारी दिए । तव सांसदहरुको एकाएक निन्द्रा खुल्यो ।

सांसदहरु गडगडाहड ताली बजाउर्दै हसिलो चेहेरामा रमाउन थाले । जवकी दुई बर्ष अघि सांसद विकाश कोषको जनस्तरबाट चर्काे विरोध भएपछि खारेज भएको थियो । त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री थिए । जनस्तरको बलबाटै खारेज भएको सांसद विकाश कोष पुनः सुचारु भएपछि त्यसको यतिबेला चौतर्फी आलोचना भईरहेको छ । विशेष गरी स्थानीय तहको विकासका लागि स्थानीय तह हुँदाहुदै बजेट छुट्याइनुले सांसदको गरिमा नै कमजोर बनाएको आवाज उठिरहेका छन् । भने कतिपयले सांसदको चुनावी खर्च उठाउने बाटो भएको बताउदै आएका छन् ।

काठमाडौंका मेयर बालेन शाहले सांसद विकाश कोषको कुनै औचित्य नरहेको भन्दै आलोचनात्मक ट्विट गरेका छन् । उनले लेखेका छन्,“सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।”मेयर बालेनका अलवा प्रतिनिधासभाका सांसदहरुले समेत सांसद विकास कोषको कुनै औचित्य नरहेको बताएका छन् ।

यतीबेला मुलकको अर्थतन्त्र संकटको डिलैमा छ, ब्यापारघाटाले सिमा नाघेको छ, पूजीगत खर्च न्यून छ । तर अर्थमन्त्री महतले प्रत्येक सांसदको गोजीका लागि ५ करोड बजेट छुट्याउँदा आलोचना भएको हो । तर सत्ता पक्षका सांसदहरुले भने सांसद विकाश कोष ब्र्यूतीनु राम्रो भएको बताएका छन् । यता अर्थमन्त्री महतले बजेटमा समावेश गरिएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई गलत अर्थ नलगाउन समेत आग्रह गरेका छन् । उनले कार्यक्रमअन्तर्गको ५ करोड बजेट सांसदहरुले नभएर सम्बन्धित निकायले कार्यान्वयन गर्ने समेत बताएका छन् ।

विगतको जस्तो उपभोक्ता समिति बनाएर आयोजना बनाउने नभई ठेक्का प्रक्रियामार्फत आयोजनाको काम हुने भन्दै उनले कोषमा सांसदहरुको भुमिका पैसा खर्च गर्ने नभई आफ्नो निर्वाचन क्षेत्रको आयोजनाहरुको सिफारिस र आयोजना कार्यान्वयन भए÷नभएको अनुगमनमा हुने बताएका छन् । यसअघि दुई वर्ष पहिले प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसदलाई आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि ६ करोड रूपैयाँ दिने प्रचलन थियो । तर सांसद विकास कोषको दुरुपयोग भएको भन्दै व्यापक विरोध भएपछि सरकारले उक्त कार्यक्रम खारेज गरेको थियो ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अर्थमन्त्री, #प्रकाशशरण महत, #सांसद विकास कोष

तपाईको कमेन्ट लेख्नुहोस्