Techie IT
  • २४ कात्तिक २०८१, शनिबार
KhojPatrika

प्रचण्डको भारत भ्रमण निश्चित, मोदीसँग हैदरावाद हाउसमा वार्ता हुने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जेठ १७ गतेदेखी छिमेकी देश भारतमा हुने भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्नेछन् ।

वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् ।

प्रधानमन्त्री दाहाल जेठ २० मा काठमाडौँ फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ । भ्रमणको समय आउन अब केहि दिन मात्र बाकी रहेका बेला परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीको निजि सचिबालयले पनी तयारी गरिरहेको छ । खासगरी भ्रमणका बेला भारतसँग हुने वार्ताका एजेण्डा र मुद्धाका विषयहरुमा केन्द्रित भएर आबश्यक तयारी भईरहेको प्रधानमन्त्री प्रचण्डको सचिबालयले बताएको छ ।

देशको अर्थतन्त्र संकटको डिलैमा रहेका बेला प्रधानमन्त्री प्रचण्डले गर्न लागेको भारत भ्रमणलाई अर्थतन्त्रमा सुधारका लागी फलदायी बनाउनु पर्ने धेरैको तर्क छ । अर्थशास्त्री तथा नेपाली कांग्रेसका नेता डा. गोविन्द पोखरेल प्रधानमन्त्रीको भारत भ्रमण अर्थतन्त्रको सुधारमा केन्द्रित हुनुपर्ने बताउछन । नेपालको प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री ‘प्रचण्ड’को यो चौथो भारत भ्रमण हो ।

प्रधानमन्त्री प्रचण्डको यो भ्रमणलाई भारतिय पक्षले पनी प्राथमिकतामा राखेको बताइएको छ । भारतको विदेश मन्त्रालयले ‘छिमेकी पहिलो’ नीतिलाई अगाडि बढाउन भारत र नेपालबीच नियमित उच्चस्तरीय आदान प्रदानको परम्परालाई भ्रमणले निरन्तरता दिने विश्वास लिएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #भारतीय उद्योग, #मोदीसँग हैदरावाद

तपाईको कमेन्ट लेख्नुहोस्