अध्यक्ष ओलीलाई भ्रष्ट्राचारको आरोप लगाएको भन्दै एमालेले गर्यो संसद बैठक अवरुद्ध
काठमाडौं । नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ । नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।
एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् । एमालेको मागलाई ध्यानमा राख्दै बैठक अघि बढाउने सभामुख घिमिरेको प्रयास भएपछि एमालेले वेल घेराउ गरेको थियो । एमालेका सांसदहरु वेलमा पुगेर सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
उनीहरुले संसदीय मर्यादा कायम गर्न माग गरिरहेका थिए । एमाले प्रमुख सचेतक पदम गिरीले पशुपतिनाथ मन्दिरको जलहरि लगाउन विषयमा पित्तलको जलहरि चढाएर अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप सत्तापक्षले लगाएको भन्दै सत्यतथ्य छानविन नभएसम्म सदन चल्न नदिने भन्दै एमालेले सदन अवरुद्ध गर्ने चेतावनी दिएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अध्यक्ष केपी शर्मा ओली, #एमालेले अवरोध, #सभामुख देवराज घिमिरे
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्