एभरेष्ट बैंकमा कर्मचारीको बद्मासी, ग्राहकको डेढ करोड बढी रकम झ्वाम
काठमाडौं । सुनसरीको इटहरीस्थित एभरेष्ट बैंककै कर्मचारीले ठगी गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । ग्राहकको डेढ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा इटहरीस्थित एभरेस्ट बैक शाखाबाट शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । उनीहहरुमाथी बैंकिङ कसुर र संगठित अपराध अनुसारको कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।
सुनसरीको इटहरीमा बैंकका हाकिम नै ठगी गरेको आरोपमा पक्राउ परेका छन । ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेस्ट बैंक इटहरीका शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्यलाईसहित ९ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा ७ जना बैंकका कर्मचारी हुन । ७ जना बैंकका कर्मचारी सहित अन्य २ जना गरी ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
उनिहरुले एभरेस्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएको छ । पक्राउ पर्नेमा बैंकको गाईघाट शाखाका अपरेसन इन्चार्ज निरज प्रधान, सुपरभाइजर धावा लामा, कनिष्ठ सहायकहरू मनोज घिमिरे, देवराज घिमिरे, रन्जित पण्डित र पवित्रा कटवाल रहेका छन् । त्यस्तै रकम ठगी गर्ने गिरोहमा संलग्न धनुषाका शंकर भुजेल र भक्तपुर सूर्यविनायकका अजय खिउजुलाई पनि पक्राउ गरिएको बताइएको छ ।
प्रहरीका अनुसार बैंकका कर्मचारीले बैंकको कम्प्युटर आईडी पासवर्ड दुरुपयोग गरी कनेक्ट–आईपीएसमार्फत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैंकका विभिन्न ग्राहकको १ करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम झिकेर हिनामिना गरेका थिए । पक्राउ परेका कर्मचारीसहित सबै जनालाई बैंकिङ कसुर र संगठित अपराध निवारण ऐन २०७० अनुसारको कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एभरेष्ट बैंककै, #कर्मचारीको बद्मासी, #डेढ करोड बढी रकम झ्वाम
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्