सडक खाली नगराई संसद पुगेपछि राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंशा !
काठमाडौं । सडकमा सर्वसाधारणलाई निर्वाध हिड्न दिएर राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेका छन् । यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति बिद्यादेवी भण्डारी संसद आउँदा शितल निवासदेखि नै सडक खाली गराइन्थ्यो ।
तत्कालीन राष्ट्रपति भण्डारी सवारीको क्रममा राष्ट्रिय ट्रमा सेन्टर बाहिर चिकित्सक जनिथलाल सिंह कुटपिटमा परेका थिए । नागरिकको चर्को विरोधपछि कुटपिटमा संलग्न प्रहरी नै निलम्बनमा परेका थिए । हरेक पटक राष्ट्रपति शितल निवासबाट बाहिरिदा सडक नै खाली गर्ने तामझाम गर्ने गरिएको थियो । तर, राष्ट्रपति चयन भएसँगै पौडेलले तडकभडकपूर्ण सवारी परम्परामा परिवर्तन ल्याएका छन् ।
शुक्रबार राष्ट्रपति पौडेलको सवारीमा शीतल निवासबाट संसद भवनमा सडक खाली गराइएन । सामान्य औपचारिकताका लागि संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरिएको थियो । गणतन्त्रको स्थापनापछि पनि राजतन्त्रकालीन अभ्यासलाई निरन्तरता दिएको भन्दै नागरिकले विभिन्न माध्यमबाट चर्को आलोचना भएको थियो । तर, पौडेल राष्ट्रपति चयन भएसँगै तडकभडकपूर्ण सवारीको परम्परा तोडेका चाहेको देखिन्छ ।
हेरौं विगतका राष्ट्रपतिको तडक भडक


हेरौं राष्ट्रपति रामचन्द्र पौडेलको संसदमा प्रवेश
![]()
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #निर्वाध हिड्न, #नीति तथा कार्यक्रम प्रस्तुत, #रामचन्द्र पौडेल
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्