सडक खाली नगराई संसद पुगेपछि राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंशा !
	
				
			काठमाडौं । सडकमा सर्वसाधारणलाई निर्वाध हिड्न दिएर राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेका छन् । यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति बिद्यादेवी भण्डारी संसद आउँदा शितल निवासदेखि नै सडक खाली गराइन्थ्यो ।
तत्कालीन राष्ट्रपति भण्डारी सवारीको क्रममा राष्ट्रिय ट्रमा सेन्टर बाहिर चिकित्सक जनिथलाल सिंह कुटपिटमा परेका थिए । नागरिकको चर्को विरोधपछि कुटपिटमा संलग्न प्रहरी नै निलम्बनमा परेका थिए । हरेक पटक राष्ट्रपति शितल निवासबाट बाहिरिदा सडक नै खाली गर्ने तामझाम गर्ने गरिएको थियो । तर, राष्ट्रपति चयन भएसँगै पौडेलले तडकभडकपूर्ण सवारी परम्परामा परिवर्तन ल्याएका छन् ।
शुक्रबार राष्ट्रपति पौडेलको सवारीमा शीतल निवासबाट संसद भवनमा सडक खाली गराइएन । सामान्य औपचारिकताका लागि संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरिएको थियो । गणतन्त्रको स्थापनापछि पनि राजतन्त्रकालीन अभ्यासलाई निरन्तरता दिएको भन्दै नागरिकले विभिन्न माध्यमबाट चर्को आलोचना भएको थियो । तर, पौडेल राष्ट्रपति चयन भएसँगै तडकभडकपूर्ण सवारीको परम्परा तोडेका चाहेको देखिन्छ ।
हेरौं विगतका राष्ट्रपतिको तडक भडक

 
 
हेरौं राष्ट्रपति रामचन्द्र पौडेलको संसदमा प्रवेश
 
 
  ![]()
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #निर्वाध हिड्न, #नीति तथा कार्यक्रम प्रस्तुत, #रामचन्द्र पौडेल
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
 - २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
 - ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
 - ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
 - ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
 

				
				
				
				
				
				

तपाईको कमेन्ट लेख्नुहोस्