नेपाल एयरलाइन्सले कमायो एक अर्ब, नयाँ जहाज किन्दै !

काठमाडौं । नेपाल वायुसेवा निगमले चालू आर्थिक वर्षमा १ अर्ब नाफा कमाएको छ । त्यसबाहेक नाफाकै रकमवाट निगमले २ अर्व ५४ करोड ऋण पनि तिरेको छ । सधै घाटाको व्यापार गर्दै आएको निगमले अहिले भने आफ्नै आम्दानीबाट नयाँ विमान थप्ने तयारी गरेको छ ।
आन्तरिक उडानका लागि निगमले जहाज खरिदको प्रक्रिया शुरु गर्न लागेको हो । नेपाल एअरलाईन्सले १ अर्व रुपैया नाफा आर्जन गरेको छ । आर्थीक वर्ष २०७८÷२०८९ प्रारम्भीक तथ्याङ्कअनुसार नेपाल वायूसेवा निगमले एक वर्षमा १ अर्ब नाफा कमाएको हो ।
नेपाल एअरलाईन्सले नाफा कमाएको यो धेरै समयपछी पहिलो पटक हो । यसै आर्थीक वर्ष २०७८÷२०८९ को चैत मसान्त भित्र नेपाल एअर लाईन्सले संचय कोष र नागरिक लगनिकोषको तिर्नूपर्ने ऋण दयित्व मध्येको २ अर्व ९४ करोड रकम पनि तिरेको छ । सधै घाटामा सञ्चालन हुँदै आएको निगम फाइदामा जानुको कारण भने यसको योजना र कार्यन्यन नै प्रमुख भएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलको भनाई छ ।
नाफा कमाउन सफल भएपछि वायुसेवाले आफ्नै कमाईबाट नेपालको दूर्गम क्षेत्रको लागि उडान भर्न ३ वटा जहाज किन्ने तयारी समेत गरेको छ । जुन निगमले आफ्नै स्रोबाट किन्न लागेको हो । त्यसबाहेक निगमले अस्ट्रेलिया, दक्षिण कोरिया लगाएतका देशमा सिधा हवाई उडानको तयारी समेत शुरु गरेको छ ।
वायुसेवा निगमले निकटतम योजनाको रुपमा भैरहवा विमानस्थनबाट क्वालालम्पुर र दिल्लीका लागि यसै महिनाको अन्तिम साताबाट उडान सुरु गर्नेगरी अनुमतिको प्रक्रिया समेत अगाडी बढाएको छ । लामो इतिहास बोकेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले यसअघि सञ्चालन खर्च समेत उठाउन मुश्किल पर्ने गरेको थियो । तर अहिले भने निगम नाफामा गएपछि नेतृत्वको प्रशंशा समेत शुरु भएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #१ अर्ब नाफा, #नेपाल वायुसेवा निगम
ताजा खबर
- १डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?
- २गगन थापाको प्रस्तावः निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ
- ३निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
- ४ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
- ५मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्