स्वतन्त्र सांसद अमरेशकुमार सिंह संसद बैठकमै अर्धनग्न ! मानसिक अस्पताल लैजान सांसदको सुझाव
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंह संसद बैठकमै अर्धनग्न भएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए । तर, सभामुख देवराज घिमिरले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन ।
संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न पटक–पटक आग्रह गरेका थिए । सभामुखको चेतावनीपछि अमरेशले सट र गञ्जी लगाएका थिए ।
सांसद सिहंले बैठकमा उठेर कपडा खोलेपछि सभामुखले असभ्य व्यवहार नदेखाउन भन्दै प्रतिनिधि सभाको नियमावली अनुसार चेतावनी दिएपनि कारवाही भने गरेनन् ।
सांसद सिंहको सो गतिविधि देखेपछि सांसदलाई मानसिक अस्पताल लगेर उपचार गर्नुपर्ने माग गरेका छन् । उनीहरुले संसद बैठकमा यस्तो हर्कत नदेखाउन समेत चेतावनी दिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #संसदमै अर्धनग्न, #सांसद अमरेशकुमार सिंह, #सिंह संसद बैठकमै अर्धनग्न
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्