बाक्लिदै प्रधानमन्त्री प्रचण्ड र एमाले ओलीको भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज शुक्रबार पनि भेटवार्ता हुने भएको छ । सिंहदरबारमा दिउँसो ३ बजे भेटवार्ताका लागि समय तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्ताको एजेण्डा भने खुलाइएको छैन् ।
नक्कली भुटानी शरणर्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रचण्ड ओली भेटवार्ता बाक्लिएको हो । बिहीबार पनि दुई नेताबीच सिंहदरवारमा भेटवार्ता भएको थियो ।
बिहीबारको भेटवार्तामा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपुर्ण ढंगले फसाउन खोजिएको त होइन ? भनेर प्रश्न गर्नुभएको थियो । बुधबार रायमाझीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । प्रक्राउ पुर्जी जारी भएपछि रायमाझी सम्पर्कविहीन छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एमाले अध्यक्ष केपी शर्मा ओली, #ओलीबीच आज शुक्रबार, #पुष्पकमल दाहाल प्रचण्ड
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्