पूर्वमन्त्री टोपबहादुर रायमाझी सम्पर्कविहिन, पक्राउ गर्न खोज्दै प्रहरी !
काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको बताएको छ । यसअघि भैरहवाबाट रायमाझी पक्राउ परेको भनिएपनि उनी सम्पर्कविहिन भएको बताइएको छ ।
नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि प्रहरीले उनको खोजी जारी राखेको छ ।
काठमाडौंमा बुधबार पक्राउ पूर्जी जारी हुँदा उनी भने अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक महोत्सवमा विशेष अतिथिका रुपमा सहभागी भइरहेका थिए ।
सभामुख देवराज घिमिरेसँग भैरहजवाबाट काठमाडौं आउने तयारीमा रहेका रायमाझी स्थलमार्गबाट काठमाडौं आउने बताएका थिए । तर, प्रहरीले पक्राउ गर्ने सुइको थाहा पाएपछि उनी सम्पर्कविहिन भएका छन् ।
केही प्रहरी अधिकृतहरुलाई आफै प्रहरीसमक्ष आउने बताएका रायमाझी सम्पर्कविहिन भएका हुन । रायमाझीको नक्कली शरणार्थी बनाउने गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीसँग निकट सम्बन्ध देखिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #टोपबहादुर रायमाझी
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्