रवि लामिछानेका सवारी चालक शम्भु थापाको निधन

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन भएको छ । वैशाख ४ गते चितवनमा घरको छतबाट खसेर घाइते भएका चालक शम्भु थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
मंगलबार दिउँसो १ बजेर ४० मिनेटमा उनको निधन भएको बताइएको छ । चितवनको भरतपुरमा प्रारम्भिक उपचारपछि थापालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।
भेन्टिलेटरमा राखेर उपचार गराइएकोमा उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । थापाका श्रीमती र दुई सन्तान छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #रवि लामिछानेका सवारी चालक
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्