महावीरसँग घुँडा टेक्यो सरकार, ७ बुँदे सहमति, सबै माग पुरा गर्न तयार
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अघि सारेका एजेण्डा सम्बोधन गर्न सरकार तयार भएको छ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष महावीर पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका सहमति भएको हो ।
सहमतिसँगै गत शुक्रबार महावीर पुन र उनका समर्थकले काठमाडौंको माइतीघरमा गर्दै आएको आन्दोलन स्थगित भएको छ । सहमतिअनुसार सरकारले नवप्रवर्तन र आविष्कारका लागि एउटा कोष खडा गर्ने भएको छ । जुन कोषमा विकास बजेटको एक प्रतिशत बजेट आविष्कारका लागि विनियोजन गरिने भएको छ ।
त्यस्तै कोषको सञ्चालनका लागि आवश्यक पर्ने कानून निर्माण गर्न संसदको आगामी अधिवेशनमा विधेयक पेश गर्ने र २ महिनाभित्रै कानून निर्माण सहमति भएको छ । आविष्कारबाट उत्पादित बस्तुलाई लाइसेन्स दिन कानूनी व्यवस्था गर्ने लगाएतका ७ बुँदे सहमति पुनसँग भएको हो । सहमतिपछि पुनले शुरु गरेको आन्दोलन अन्त्य भएको छ ।
सहमति जुटिसकेपछि पुनले सहमति कार्यान्वयन हुने विश्वास समेत व्यक्त गरेका छन् । गत शुक्रबारटबाट पुनले काठमाडौंको माइतीघरमा धर्ना शुरु गरेका थिए । धर्नामा दलका नेताहरुले समेत ऐक्यवद्धता व्यक्त गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले समेत पुनले अघि सारेका माग सरकारको समेत प्राथमिकतामा रहेको भन्दै आन्दोलन गरेर सरकारलाई सहयोग गरेको समेत बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #महावीर पुन, #संस्थापक महावीर पुन
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्