रवि र स्वर्णिमको संसदमा इन्ट्री, यथास्थितिमा रास्वपा सरकारमा नजाने
काठमाडौं । बैसाख १० गते सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा भारी मतान्तरले बिजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापपति रवि लामीछाने र डा. स्वर्णिम वाग्लेले सपथ लिएका छन । संसद सचिबालय सिंहदरबारमा सभामुख देबराज घिमिरेले लामीछाने र वाग्लेलाई सपथ खुवाएका हुन ।
सपथ लिएलगत्तै रास्वपाका सभापति रवि लामीछानेले यथास्थितिमा सरकारमा नजाने र समर्थनबारे छलफल गरेर निचोडमा पुग्ने बताएका छन । यसअघि चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचन जितेलगत्तै पनी रविले सरकारलाई समर्थन गरिरहनुको औचित्य नभएको बताएका थिए । रविको उक्त भनाईपछी प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई फोन गरेका थिए ।
त्यसक्रममा प्रधानमन्त्री दाहालले आफुलाई उपनिर्वाचन जितेकोमा बधाई दिएको र समर्थन फिर्ताको बिषयमा चासो राखेको रबिले बताएका छन । रास्वपाबाट तनहु १ मा उपनिर्वाचन जितेका डा. वाग्लेपनी स्थिरतको नाममा जतिसुकै निकम्मा सरकार भएपनी सरकारमा जान नहुने बताएका छन् ।
चितवन २ बाट अत्याधिक मतका साथ उपनिर्वाचन जितेका रविले दोस्रो पटक संसदमा इन्ट्रि गरेका हुन । यसअघि चितवन क्षेत्र नम्बर २ बाट मंसिर ४ को आम चुनावमा पनी रविले सानदार जित निकालेका थिए । तनहु क्षेत्र १ बाट बिजयी बनेका डा. वाग्लेको संसदमा यो पहिलो इन्ट्रि हो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #रवि र स्वर्णिम
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्