एकैदिन कांग्रेसले दुई मुख्यमन्त्री पायो, लुम्बीनीमा चौधरी र गण्डकीमा पाण्डेले मारे बाजी

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी र लुम्बीनी प्रदेस सरकारको नेतृत्व पाएको छ । कांग्रेसका तर्फबाट गण्डकीमा संसदिय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन । संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कांग्रेस संसदिय दलका नेता पाण्डेलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन छ । यसअघि यो प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार थियो ।
माओवादी र राप्रपाको समर्थनमा गत पुस २५ गते एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । तर राष्ट्रपति निर्वाचनलाई लिएर बनेको नयाँ सत्ता समिकरण अनुसार सरकारबाट माओवादी बाहिरीएपछि अधिकारी नेतृत्व सरकार अल्पमतमा परेको थियो । अधिकारीले वैशाख ९ गते विश्वासको मत प्राप्त नगरेपछि गण्डकीमा नयाँ सरकार गठनको प्रकृया अगाडि बढेको थियो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तीन दिनको समय दिएर नयाँ सरकार गठनका लागि बहुमतले दावी पेश गर्न मंगलबार आह्रवान गरेका थिए । जस अनुसार पाण्डे ३५ जनाको सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन ।
६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ । संसदमा सवैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७ सीट छ । सभामुखसहित माओवादीको ८ सीट रहेको छ भने, स्वतन्त्र सांसद दिपक मनाङे पनि गठबन्धनमा छन् । नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई शुक्रबार शपथ खुवाउने तयारी रहेको छ । उता लुम्बीनीमा पनी नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बनेका छन । उनलाई ५३ जना सांसदले समर्थन गरेपछी प्रदेश प्रमुख अमिक सेरचनले मुख्यमन्त्री नियुक्त गरेका हुन ।
चौधरीलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य सबै दलले समर्थन गरेका छन । चौधरीको समेत सपथ शुक्रबार हुनेछ । यसअघि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अर्थात् बहुमतको आधारमा नयाँ सरकार गठनको लागि बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न वैशाख १२ गते नै समयसीमा तोकिदिएका थिए । तर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने १६८ को उपधारा ३ अनुसार सरकार गठन हुनुपर्ने भन्दै दाबी गरेको थियो । गण्डकी र लुम्बिनीमा सरकारको नेतृत्व पाएपछी नेपाली कांग्रेसले ३ प्रदेशमा सरकारको नेतृत्व गरेको छ । नेकपा एमाले भने खुम्चिएर एकमा झरेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कांग्रेसका तर्फबाट गण्डकीमा संसदिय, #गण्डकीमा पाण्डे, #लुम्बीनीमा चौधरी
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्