Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

चितवन २ मा रवि लामिछानेले लिए अग्रता


काठमाडौं । चितवन २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११ सय ५५ मत पाएका छन् ।

नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६ सय ६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५ सय ८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन् । यसअघि एमालेका न्यौपानेले अग्रता लिइरहेका थिए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #लामिछानेले अग्रता

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं