कम्युनिष्ट घटकले मनाए ७४ औं स्थापना दिवस, टुट, फुट र गुटगत स्वार्थले दर्जनबढी पार्टी गठन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस एवं लेनिन जयन्तीको अवसर पारेर नेपालका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएका छन् । नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस एवं लेनिन जयन्तीको अवसरमा पार्टी कार्यालयमा गरेको कार्यक्रममा अबको एकवर्ष हिरक वर्षका रुपमा मनाउने जानकारी गरायो ।
एमालेले पुराना बामपन्थी नेताहरूलाई सम्मान सहित विभिन्न पार्टी परित्याग गरेकाहरूलाई एमालेमा स्वागत समेत गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले पार्टी विभाजन गरेको भन्दै कम्युनिष्ट एकतामा जोड दिए । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनमा बिचलन आएको बताए ।
उनले अहिलेको परिवर्तनविरोधी शक्तिहरुले चलखेल गर्न खोजेको समेत आरोप लगाए । कुनैबेला माओवादी आन्दोलनको अगुवा रहेका तर अहिले नेपाल समाजवादी पार्टीका अध्यक्ष रहेका वावुराम भट्टराईले कम्युनिष्ट आन्दोलन एक हुनुपर्ने बताए । फरक फरक पार्टी बनाएर उपलब्धी हासिल नहुने भन्दै उनले सबै कम्युनिष्ट पार्टीका बिचमा एकता आवश्यक रहेको बताए ।
नेकपा माओवादी केन्द्रबाट विभाजन भएर बनेको अर्को दल नेकपाका महासचिव नेत्रविक्रम चन्दले समेत कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने तर्क अघि सारे । उनले अहिलेको सरकार आयु कति भन्ने स्पष्ट नभएको समेत दाबी गरे । सबै दलले कम्युनिष्ट पार्टीहरुका बिचमा एकताको रटान लगाइरहेको भएपनि स्थापनाको ७ दशकमा कम्युनिष्ट पार्टीहरु ७० भन्दा बढिपटक विभाजन भएका छन् । अघिल्लो वर्ष मात्रै नेकपा एमाले विभाजन भएर अर्को द लबनेको थियो भने नेकपा माओवादी केन्द्र भने कैयौं पटक फुटेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्