साढे तीन महिनामै ढल्यो गण्डकी प्रदेश सरकार, कांग्रेस–माओवादी सरकार बनाउने कसरतमा
काठमाडौं । गठन भएको १ सय ५ दिनमै गण्डकी प्रदेश सरकार ढलेको छ । चैत १० गते तत्कालिन सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि शनिबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिएका हुन् । तर विश्वासको मतको पक्षमा २४ मत खस्यो भने विपक्षमा ३५ मत खस्यो ।
६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा ३१ सांसद आवश्यक हुनेमा एमाले र राप्रपाबाहेकका दलले अधिकारीलाई मत दिएनन् । बहुमत नपुगेपछि सरकार ढलेको हो । त्यसअघि विश्वासको मत माग्दै मुख्यमन्त्री अधिकारीले सरकार गठन हुने बेलाको सहमति कार्यान्वयन गर्न आग्रह गर्दै नेकपा माओवादी केन्द्रलाई मत दिन आग्रह गरेका थिए ।
जवाफमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले केन्द्रमा भएको गठबन्धनअनुसार पनि प्रदेशमा एमालेलाई विश्वासको मत दिननसक्ने बताए । उनले विवाद प्रदेशमा नभई केन्द्रबाटै शुरु भएको र संघ सरकारमा समेत सत्ता गठबन्धन कांग्रेससँग गरेको भन्दै मत दिन नसक्ने बताए ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिएसँगै मुख्यमन्त्री अधिकारी पदमुक्त भएका छन् । अब कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नेछन् । नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति जुटिसकेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गण्डकी प्रदेश सरकार, #साढे तीन महिनामै ढल्यो
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्