Techie IT
  • ९ असार २०८१, शनिबार
KhojPatrika

एयर एम्बुलेन्समार्फत् भारत लगियो राष्ट्रपति रामचन्द्र पौडेललाई, नयाँ दिल्लीस्थित एम्समा थप उपचार


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ। स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा लगिएको हो । मंगलबार बेलुकी महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भए पछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका पौडेललाई चिकित्सकको परामर्शमा थप उपचारका लागि श्री एअरलाइन्सको एयर एम्बुलेन्समार्फत भारत लगिएको छ ।

भारत लैजाने क्रममा राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि साथमै गएका छन् । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल चैत १८ मा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर डिस्चार्ज भएका थिए । बेहोस भए पछि फलोअपका लागि सोमबार पुनः अस्पताल पुगेका पौडेलको इन्फेक्सन नघटेको पाइएपछि त्रिवि शिक्षण अस्पतालका चिकित्सकले नर्भिक अस्पतालका डा. रोशन शर्मा, दिनेश राई लगायतको टोलीसँग राष्ट्रपति पौडेलको स्वास्थ्यबारे परामर्श गरेको थियो ।

चिकित्सकहरुको परामर्शमै पौडेललाई भारत लैजान भनिएको थियो । त्रिभुवन अन्तरराष्ट्रीय विमानस्थलमा राष्ट्रपति पौडेललाई बिदा गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद र भारतीय राजदूत नवीन श्रीवास्तव पुगेका थिए । पौडेलको उपचार नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स  अस्पतालमा हुने राष्ट्रपति सचिवालयले जानकारी दिएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राष्ट्रपति पौडेल, #राष्ट्रपति रामचन्द्र पौडेल

तपाईको कमेन्ट लेख्नुहोस्