प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गर्नेः नवनियुक्त परराष्ट्रमन्त्री साउद
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने बताएका छन् ।
आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदबहाली गर्दै उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि छलफल अगाडि बढाउने बताएका हुन ।
पत्रकारले प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधेको प्रश्नको जवाफमा मन्त्री साउदले भने, ‘हामी छलफल अगाडि बढाउछौं । भर्खरै म कार्यालय आएको छु, त्यसमा संलग्न कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि बढाउछु ।’
मन्त्री साउदले नेपाल शान्तिपूर्ण मुलुक रहेको र संसारका सबै देशसँग सुमधुर सम्बन्ध रहेको दाबी गरे । विश्वभरिका देशसँग, छिमेकीसँग आगामी दिनमा हाम्रो सम्बन्ध अझ घनिष्ट बनाउँदै लैजाने उनले प्रतिबद्धता जनाएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नवनियुक्त परराष्ट्रमन्त्री साउद, #पुष्पकमल दाहाल प्रचण्ड
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्