३६ प्रतिशतले घट्यो नेपाल एयरलाइन्सको आम्दानी
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सञ्चालन आम्दानी आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा २०७७÷०७८ मा ३६ प्रतिशतले घटेको छ ।
महालेखा परीक्षकको ६० औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको गत वर्षको सञ्चालन आम्दानी १४ अर्ब ४१ करोड ८३ लाख रुपियाँ रहेकोमा यो वर्ष ३६.८३ प्रतिशतले घटेर नौ अर्ब १० करोड ९२ लाख रुपियाँ पुगेको छ ।
त्यस्तै सञ्चालन खर्चसमेत अघिल्लो वर्षको तुलनामा २९ प्रतिशले घटेको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष १४ अर्ब ५४ करोड ६१ लाख रुपियाँ रहेको सञ्चालन खर्च यो वर्ष १० अर्ब २५ करोड ६६ लाख रुपियाँ रहेको प्रतिवेदनले औँल्याएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल वायुसेवा निगम
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्