३६ प्रतिशतले घट्यो नेपाल एयरलाइन्सको आम्दानी
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सञ्चालन आम्दानी आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा २०७७÷०७८ मा ३६ प्रतिशतले घटेको छ ।
महालेखा परीक्षकको ६० औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको गत वर्षको सञ्चालन आम्दानी १४ अर्ब ४१ करोड ८३ लाख रुपियाँ रहेकोमा यो वर्ष ३६.८३ प्रतिशतले घटेर नौ अर्ब १० करोड ९२ लाख रुपियाँ पुगेको छ ।
त्यस्तै सञ्चालन खर्चसमेत अघिल्लो वर्षको तुलनामा २९ प्रतिशले घटेको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष १४ अर्ब ५४ करोड ६१ लाख रुपियाँ रहेको सञ्चालन खर्च यो वर्ष १० अर्ब २५ करोड ६६ लाख रुपियाँ रहेको प्रतिवेदनले औँल्याएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल वायुसेवा निगम
ताजा खबर
- १प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- २धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन
- ३काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- ४करिब २० हजारले घट्यो सुनको मूल्य
- ५इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने



तपाईको कमेन्ट लेख्नुहोस्