उद्योग वाणिज्य महासंघको साधारणसभा आजदेखि, बुधबार निर्वाचन
काठमाडौं । उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभा आजदेखि सुरु हुँदैछ। साधारणसभाको उद्घाटन होटल याक एण्ड यती लालदरबारमा हुनेछ ।
महासंघको प्रज्ञा प्रतिष्ठान कमलादीमा भोलि निर्वाचनको मिति तोकिएको छ। साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ। महासंघको ६४ सदस्यीय नयाँ कार्यसमितिमध्ये दुई सदस्य मात्र निर्विरोध भएका छन् भने १ सय १६ जना चुनावी मैदानमा छन्। उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भोलि हुने निर्वाचनमा दुई हजार मतदाताले भाग लिनेछन्।
महासंघको विधानले निर्वाचित वरिष्ठ उपाध्यक्ष नै तीन वर्षपछि स्वतः अध्यक्ष हुने व्यवस्था गरेका कारण वरिष्ठ उपाध्यक्षको पदमा सबैको चासो रहने गरेको छ। वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा छन्। तीनैजनाले स्वदेशमा उद्यमशीलताको वातावारण बनाउनेदेखि आर्थिक मुद्दामा सरकारसँग बलियो लबिइङ गर्ने जनाएका छन्।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उद्योगी व्यवसायी, #नेपाल उद्योग वाणिज्य महासंघ
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्