क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो । अघिल्लो हप्ता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । सो मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ ।
पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो ।
सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर विदेशमा खेल्न जान अनुमति दिएको थियो । अब, उनको मुद्दामा जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुन लागेको हो । एक किशोरीले गौशाला–२६ ले उनीविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #जिल्ला अदालत काठमाडौँ, #लामिछानेविरुद्धको मुद्दा
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्