मेयर बालेन साह सरकारमाथि आक्रोश पोख्दै, सरकार इण्डिया र चाइनाले बनाएको गम्भिर आरोप
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारका बिरुद्ध कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा एकपछि अर्को स्टाट्स पोष्ट गर्दै सरकारमाथि आक्रोश पोखेका हुन् । मेयर साहले फेसबुक अकाउन्टबाट भारत र चीनले बनाएको सरकारको इज्जत नगर्ने आक्रोश पोखेका छन् । उनले नेपाल कहिले स्वाधिन हुने भन्दै प्रश्न समेत गरेका छन् ।
आफनो अस्तित्व कहिले बनाउने भन्दै लाज लाग्दैन भन्दै संघीय सरकारलाई प्रश्न उठाएका छन् । उनले फेसबुकमा लेखेका छन्,‘ चीन र भारतले बनाएको सरकारको इज्तत गर्दिन म नेपाल स्वाधिन कहिले हुने ? आफनो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?
मेयर साह त्यसपछि अर्को स्टाट्स पनि राखेका छन् । उनले देश सफा गर्न परे नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै आक्रोश पोखेका छन् । उनको फेसबुक पेजबाट यो स्टाटस आएपछि कसैले समर्थन गरेका छन् भने कसैले आलोचना नगर्न सुझाव दिएका थिए । उनले आजबाट सिंहदरबारको फोहोर नउठ्ने भन्दै अर्को स्टाटस लेखेका हुन ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’
मेयर साहका एकैदिन दुई वटा स्टाट्सले सिसडोलमा फोहोर फाल्न सरकारले सहयोग नगरेको आक्रोश पोखेको देखिन्छ । त्यस्तै, सुकुम्बासी बस्ती हटाउन सुरक्षाकमीको साथ माग्दा समेत उनीले सहयोग पाएका छैनन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अर्को स्टाट्स, #काठमाडौं महानगरपालिका, #बालेन साह
ताजा खबर
- १सन्तान र जीवनसाथी गुमाएको पीडा सुनाउँदै प्रचण्डले भने, ‘मलाई खलनायक बन्ने छुट छैन’
- २पशुपति माविमा मुसिकोट नगरपालिका स्तरीय चौथो ‘मेयर कप’
- ३कांग्रेस मुसिकोटको बैठकः घरदैलो र मतदाता भेटघाटलाई तीव्रता दिइने
- ४अजयबाबुको अभियानले गर्माउँदै दोलखाको चुनावी माहोल
- ५रहेनन् बालेनको प्रचारमा हिँडेका पत्रकार दिनेश सिटौला, के हो घटना ?



तपाईको कमेन्ट लेख्नुहोस्