दुई मेयर बालेन साह र हर्क साम्पाङको पहिलो भेटघाट, एकले अर्कोलाई लगाइदिए सिलाम साक्मा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच पहिलो पटक भेटवार्ता भएको छ । स्थानीय तहको चुनावपछि चर्चामा आएका दुई मेयर साह र साम्पाङको पहिलो पटक भेट भएको हो । खानेपानी योजना माग्न काठमाडौं आएका साम्पाङले राष्ट्रिय सभागृहको सम्पर्क कार्यालयमा पुगेर मेयर साहलाई भेटेका हुन् ।
साम्पाङ धरानका उपमेयर अइन्द्रविक्रम बेघासहितको टोली लिएर महानगपालिका पुगेका थिए । दुई जनाले एक अर्कामा ‘सिलाम साक्मा’ लगाइदिई स्वागत र सम्मान गरेका छन् । बाँसको कप्टेरोमा विभिन्न रङका धागो बुनेर चारकुने सिलाम साक्माको छेउमा फुर्को बनाइएको हुन्छ । सिलाम साक्मा मुन्धुम र लिम्बू परम्पराको महत्वपूर्ण संस्कारहरूमा प्रयोग गरिन्छ । लिम्बू जातिको परम्परा र संस्कृतिमा आधारित यसको प्रयोग अरू जातिले पनि गर्दै आएका छन् ।
सामाजिक सञ्जालमा एकले अर्कोलाई कडा टिप्पणी गर्दै आएका दुवै मेयरबीच सौहार्द वातावरणमा छलफल भएको थियो । साम्पाङले फेसबुकमा भेटघाटको तस्विर पोस्ट गरेर भेट भएको बताएका हुन । बालेनविरुद्ध साम्पाङले पटक–पटक स्टाटस लेखेर काम गर्न नसकेको भन्दै आलोचना गरेपनि उनीहरुको सम्बन्ध चिसिएको थियो । दुवैबीचको भेटले तिक्तता मेटिएको सन्देश दिएको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बालेन साह, #लगाइदिए सिलाम साक्मा, #हर्क साम्पाङ
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्