नेकपा एसबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ । तीन मन्त्रालय दाबी गरिरहेको नेकपा एसले पहिलो चरणमा उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको हो ।
बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रीको नाम टुंग्याएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने दुई मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरिरहेका छन् ।
समाजवादीबाट पहिलो चरणमा भुसाल मन्त्री बन्नेछन् । उनले शिक्षा, कृषि वा श्रम मन्त्रालयमध्ये एक पाउने बताइएको छ । ज्वालालाई भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाउने एकीकृत समाजवादीले तयारी गरेको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #उपमहासचिव प्रकाश ज्वाला, #बेदुराम भुसाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्