Techie IT
  • ९ असार २०८१, शनिबार
KhojPatrika

सरकारसँग मिटरब्याज पीडित बार्तामा बस्ने, आन्दोलन भने नरोक्ने


काठमाडौं । काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडित सरकारसँग वार्तामा बस्न तयार भएका छन् । तर, उनीहरुले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता नलिने बताएका छन् ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पीडितलाई न्याय दिलाउन मिटर ब्याजमा लगाउनेलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो । तर, यसलाई आन्दोलनरत पीडितहरुले वार्ताको बातावरण भएको बताए ।

सरकारी वार्ता टोलीसँग वार्ता गर्ने तयारी गरिरहेको आन्दोलनको संयोजन गरिरहेका सन्तोष दाहालले जानकारी दिए ।  १२ दिनको पैदल यात्रापछि तराई मधेशबाट काठमाडौं आएका मिटरब्याजी पिडितले आन्दोलन गरिरहेका छन् । उनीहरुले आफ्ना माग पूरा नभए घर नफर्किने अडान लिएका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #तत्काल आन्दोलन, #मिटरब्याज पीडित

तपाईको कमेन्ट लेख्नुहोस्