६२ करोड रुपैयाँ बढीको सट्टेबाजी गरेको आरोपमा ६ जना पक्राउ
काठमाडौं । प्रहरीले वान एक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षका दिलिप सिंह, २३ वर्षकै भुपालराज न्यौपाने, १७ वर्षीय नयनराज भण्डारी, २८ वर्षका वरुणकुमार सिंह, ३२ वर्षका वासुदेव पाण्डे र २६ वर्षकी शिवानी तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
उनीहरुको साथबाट विभिन्न सेवाप्रदायक कम्पनीहरुको सिमकार्ड ३४६ थान, विभिन्न कम्पनीहरुको मोबाइल फोन १० थान, विभिन्न बैंकहरुको चेकबुक ३ थान र एटीएम १४ थान र एसर कम्पनीको ल्यापटप १ थान बरामद गरिएको हो । उनीहरुले विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा गतिविधिहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशन वान् एक्स बेटमार्फत सट्टेबाजी गरेका थिए ।
अनुसन्धानका क्रममा उनीहरुले ६२ करोड रुपैयाँ भन्दा बढीको सट्टेबाजी गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले ३५ जनाको नाममा खोलेको डिजिटल वालेटमार्फत ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँको र १५ जनाको नाममा रहेका ३४ वटा बैंकमार्फत १२ करोड २५ लाख ३५ हजार ९११ रुपैयाँ बराबरको रकम बेटिङ गरेको प्रहरीको दाबी छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #वान एक्स बेट, #सट्टेबाजी गराएको आरोप
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्