चैत १० गतेदेखि संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने राष्ट्रिय जनमोर्चाको निर्णय
काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ। बुटवलमा फागुन २७ देखि २८ गतेसम्म चलेको राष्ट्रिय परिषदको प्रथम बैठकले संघीयताविरूद्ध चैतमा अभियान चलाउने निर्णय गरेको हो।
बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिको ५ नम्बर बुँदामा भनिएको छ, ‘बैठकले संघपर्षका आगामी कार्यक्रम तय गरेको छ। संघीयताविरूद्ध आगामी चैत १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय भएको छ।’ यो अभियानअन्तर्गत सभा, कोणसभा गरिने छ।
चैत २४ गते जनआन्दोलन दिवसका अवसरमा ‘गणतन्त्र रक्षा गरौं, प्रतिगमनका विरूद्ध संघर्ष गरौं’ भन्ने नारासहित कार्यक्रम गर्ने जनमोर्चाले निर्णय पनि गरेको छ। २०८० वैशाख र जेठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन र भेलाहरू गर्ने निर्णय भएको गरिएको जनाइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्