सहकारी बैंक र महानगरपालिकाको समन्वयमा कर्जा व्यवस्थापन तालिम
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड बानेश्वर शाखा आयोजना तथा काठमाडौं महानगरपालिकाको सहकारी विभागको समन्वयमा दुई दिवसीय कर्जा व्यवस्थापन सम्बन्धी तालिम भएको छ ।
शुक्रवारदेखि सुरु भएको तालिम उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी संस्थाहरुमा सुशासनको पाटो कमजोर रहेको बताए । पछिल्लो समयमा सहकारीमा समस्या आउनको मुख्य कारण नै सहकारी संस्थाहरु अनुशासन र आफ्ना सूचकाङ्कमा ध्यान नदिँदा समस्या निम्तिएको भन्दै संस्थालाई सही ढङ्गबाट सञ्चालन गर्दा समस्या नआउने बताएका थिए ।
त्यस क्षेत्रमा रहेका सहकारी संघ संस्थाहरुलाई लक्षित गरी सुरु गरिएको तालिम कार्यक्रममा ३० वटा सहकारी संघ संस्थाबाट ३५ जना सहकारीकर्मीहरुको सहभागिता तालिम शनिवारसम्म सञ्चालन हुने बैंकको बानेश्वर शाखाका प्रमुख विष्णु गिरीले जानकारी दिए ।
तालिमलाई कुवेर निरौलाले धितो कर्जा, लघु कर्जा व्यवस्थापन तथा कर्जामा निहित जोखिम सहित कर्जा सँग सम्बन्धित कानुनी कागजात प्रक्रिया समेतका विषयहरूमा सहजीकरण गरेका थिए ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्