प्रहरीमा ५ डीआईजी एआईजीमा बढुवा गर्न सिफारिस, कुँवर परे १ नम्बरमा
काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ । बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर परेका छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहेका छन् ।
भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरु एआईजीमा बढुवा भएका हुन् । अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह चैत ११ बाट अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले एआईजी भएका ५ जनामध्येबाटै आईजीपी छनौट हुनेछ ।
यद्यपि, अहिलेका महानिरीक्षक सिंहले ३० वर्षे सेवा अवधि हटाएर जागिर लम्ब्याउन खोजिरहेका छन् । आजको सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्ने व्यवस्था छ ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्