एकै पटक ५ सय ५५ वटा मादल बजाएर नेपाली सेनाले राख्यो विश्व कीर्तिमान
काठमाडौं । नेपाली सेनाले एकैपटक ५ सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान राखेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र गिनिजबुक अफ वर्ल्डका नेपाल प्रतिनिधिले हस्तान्तरण गरेका हुन ।
सेनाले सङ्गठन स्थापनाको दुई सय ६०औँ वार्षिकोत्वका अवसरमा टुँडिखेलमा यही फागुन ४ गते ५ सय ५५ वटा मादल बजाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र उपलब्ध गराइएको गिनिजबुक अफ वर्ल्डका नेपाल प्रतिनिधि सागर कटुवालले जानकारि दिए । देशभरबाट जम्मा भएका सेनाका मादल बादकले नेपालको मौलिक बाजा मादललाई प्रवर्द्धन गर्ने हिसाबले नौलो र पहिलो प्रयास गरेका थिए ।
ठूलो सङ्ख्याले एकै पटक विभिन्न तालमा बजाएर कायम गरेको रेकर्ड वर्ल्ड रेकर्डमा सङ्ग्रहित गरिएको छ । गायक निर्णय एनएसकेले देशमा व्यापकरूपमा प्रयोग हुने बाजाहरूको सूचीमा मादल नै पहिलो नम्बरमा रहेकाले सेनाले गरेको विश्व रेकर्डले नेपालाई संसारभर परिचित गराउन सफल भएको बताएका थिए ।
मादल नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजामध्ये प्रमुख रहेको छ । नेपाली मौलिक चाड दशैँ, तिहार, सङ्क्रान्ति, देउसी, भैलो, जात्रालगायतका अरु विभिन्न चाडपर्वमा सबै जाति र समुदायले अपनत्व ग्रहण गर्ने साझा बाजाका रूपमा मादललाइ लिने गरिएको पाइन्छ ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #५ सय ५५ वटा नेपाली मौलिक बाजा, #बाजा मादल, #विश्व कीर्तिमान
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्