रिहा भए सांसद अरुण चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठले गरिन स्वागत
काठमाडौं । प्रतिनिधिसभा सदस्य अरुण चौधरी जेलबाट छुटेका छन् । जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएका हुन् । उनी कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
२०६६ भदौ ३ मा ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेपछि नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा थिए । जेलबाट छुटेपछि उनको स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेकी थिइन् । पार्टीका अन्य नेता, कार्यकतर्ता र शुभेच्छुकले उनलाई अबीर र खादा लगाएर स्वागत गरेका थिए ।
चौधरीले सुनुवाइको मौकासमेत नदिएर फैसला गरेको भन्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । दुवै रिटमा अन्तरिम आदेश भएको थिएन ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अरुण चौधरी, #कारागार कैलाली
ताजा खबर
- १शीतल निवासले सरकार–तीन दल खोल्यो छलफलको ढोका, अब बालुवाटारमा जुट्ने
- २क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरण गर्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
- ३सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- ४सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ५कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल



तपाईको कमेन्ट लेख्नुहोस्