सुदुरपश्चिममा कांग्रेसको सरकार, नेकपा एसको साथ

कैलाली । संघ तथा प्रदेशमा सबै सरकार गुमाएको नेपाली कांग्रेसले सुदुरपश्चिम प्रदेशमा भने सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र रावलले विश्वासको मत नपाएपछि कांग्रेसको नेतृत्वमा सरकार बनेको हो ।
नयाँ बनेको सरकारलाई नेकपा एकीकृत समाजवादीले साथ दिएको छ । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मुख्यमन्त्रीको शपथ लगत्तै सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहले काँग्रेसका प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेपछि देउवा र शाहीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। देउवालाई भौतिक पूर्वाधार मन्त्रालय र शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।
देउवा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश ‘ख’ बाट र शाही बाजुराको प्रदेश ‘क’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। शपथ लिए लगत्तै मन्त्रीद्वयले जिम्मेवारी सम्हालेका छन्।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्