सुदुरपश्चिममा कांग्रेसको सरकार, नेकपा एसको साथ
कैलाली । संघ तथा प्रदेशमा सबै सरकार गुमाएको नेपाली कांग्रेसले सुदुरपश्चिम प्रदेशमा भने सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र रावलले विश्वासको मत नपाएपछि कांग्रेसको नेतृत्वमा सरकार बनेको हो ।
नयाँ बनेको सरकारलाई नेकपा एकीकृत समाजवादीले साथ दिएको छ । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मुख्यमन्त्रीको शपथ लगत्तै सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहले काँग्रेसका प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेपछि देउवा र शाहीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। देउवालाई भौतिक पूर्वाधार मन्त्रालय र शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।
देउवा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश ‘ख’ बाट र शाही बाजुराको प्रदेश ‘क’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। शपथ लिए लगत्तै मन्त्रीद्वयले जिम्मेवारी सम्हालेका छन्।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्