पुर्पक्षका लागि थुनामा गएपनि सांसदलाई निलम्बन नगरिने
काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा फौजदारी अपराधको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने सहमति भएको छ ।
शुक्रबार बसेको समितिको बैठकमा अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई निलम्बन नगर्ने विषयमा समितिमा सहमति जुटेको हो ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, र नेकपा एकीकृत समाजवादीको विरोधका बीच सांसदको सेवा सुविधा स्थगित हुने गरी पद कायम रहनेमा सहमति जुटेको हो ।
राप्रपा र जसपा लगायतका मधेसवादी दलहरू भने कसुर पुष्टि नभएसम्म सांसद पद निलम्बन गर्न नहुने अडानमा रहेका थिए । कांग्रेस, माओवादी र नेकपा एसका सांसदले निलम्बनको व्यवस्था नराख्ने हो भने सांसदलाई कानुन लाग्दैन, सर्वसाधारणलाई मात्रै लाग्छ भन्ने सन्देश जाने बताएका थिए ।
मस्यौदामा जुटेको सहमति अनुसार नियमावाली संसद्बाट पारित भएमा पुर्पक्षमा थुनामा गएका सांसदहरूले पनि संसद्को लोगो लगाउन पाउनेछन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रतिनिधिसभा नियमावली, #मस्यौदा समितिमा फौजदारी, #सांसदलाई निलम्बन
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्