राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो, समर्थन भने कायमै

काठमाडौं । रवि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए ।
सरकारलाई दिएको समर्थन भने कायमै राख्ने उनले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र सो पार्टीलाई गृहमन्त्रालय नदिने सन्देश दिएलगत्तै सो पार्टीले सरकारबाट बारिहने निर्णय गरेको हो ।
रास्वपाबाट सरकारमा मन्त्रीहरु बनेकाहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले जानकारी दिए । रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री छन् ।
रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथ गृहमन्त्री थिए । तर, नागरिकता मुद्दामा १३ माघमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उनी पदमुक्त भएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #सरकारबाट बाहिरिने निर्णय
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्