रवि लामिछानेमाथि नैतिकताको प्रश्नः गैरसांसद गृहमन्त्री बन्न किन गर्दैछन् मरिहत्ते

काठमाडौं । छोटो समयमा नै राजनीतिमा उदाएका राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछाने यतिबेला नैतिक संकटमा परेका छन । संञ्चारकर्ममा हुँदा चर्को स्वरमा नीति, नियम र कानुनका बिषय उठाउने लामिछानेले नागरिकता मुद्धाको बिषयमा मन्त्री र सांसद दुवै पद गुमाए । दोहोरो राहदानीको बिषय छानविन भइरहँदा गृहमन्त्री बन्ने रविको दौडले उनीमाथि अनेकौं नैतिकताका प्रश्न उब्जिएका छन् । सत्ता गठबन्धनमा सहयात्रीको रुपमा प्रबेश गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान सहित गृहमन्त्रालय माग्यो । ७ दलिय गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले सभापति रवि लामिछानेलाई दिनपनि तयार भए ।
गृहमन्त्री बनेको एक महिनामा नागरिकता विवाद सम्बन्धि मुद्धामा सर्बोच्च अदालतले गरेको फैसलापछि पार्टीको सभापति, सांसद र मन्त्री पद नै गुम्यो । रविले पुनः नागरिकता लिएपछि उनी फेरि रास्वपाको सभापति बनेर गृहमन्त्रालय मागिरहेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले रविलाई गृहमन्त्री बनाउन अस्वीकार गरेपछि, रास्वपाले विहिबार सरकार छाड्ने भन्दै केन्द्रीय समिति र संसदीय दलको बैठक नै ग¥यो । सरकार छोड्ने धम्की समेत जुटेको बैठक अन्तत् शनिबारसम्मको समयसीमा दिदैं पछि हटेको छ ।
गृह नभए सरकारमा बस्दैनौं भन्दै लगाइएको घुर्कीले सञ्चारकर्ममा रहँदा अरुलाई दिएको नैतिकताको उपदेश आफैतिर सोझिएको छ । पुराना दल सत्ताभन्दा बाहिर रहन सकेनन् । सत्ताका लागि जुनसुकै काम गर्न पनि पछि पर्दैनन् भन्दै चर्को स्वरमा गाली गर्ने रास्वपाका सभापति रवि लामिछानेलाई विगतका आफ्नै भनाईमा अडिन नसकेको आरोप लागेको छ । अहिले उनलाई सरकार छोडे पनि सुख छैन, सरकारमा बसेर पनि सुख छैन ।
हिजो उनले उठाएको प्रश्न फेरी उनीतिर मात्रै फर्किएको छैन, जनतामा रहेको वैकल्पिक राजनीतिक आशाको त्यान्द्रो चुडाल्ने कोशीस आफैले गरिरहेका छन् । अरुका गल्ति र कमजोरीलाई भण्डाफोर गर्दै गर्दा लामिछानेले, आफ्नो नागरिकता र राहदानीको हेक्कासम्म नराख्दा चौतर्फी घेराबन्दीमा परेका छन् । अमेरिकी नागरिकता परित्याग नगर्दै नेपाली राहदानी लिएकाले उनले फौजदारी अभियोग पनि खेप्नुपर्ने देखिएको छ । राहदानीको कसुरमा फौजदारी आरोप पुष्टि भए रविले सजाय र जरिवाना तिर्नुपर्ने हुन्छ ।
रविले एकै समयमा अमेरिकी र नेपाली राहदानी दुवै बोकेको आफैले स्वीकारेका छन् । हिजो गैरसांसदको पगरी अरुलाई गुठाउँदा अहिले आफैलाई त्यो प्रश्नले सताइरहेको छ । तर, पनि रविले गृह पाउन अनेक फण्डा गरिरेका छन् । नेपाली राजनीतिमा कोर्ष करेक्सन आवश्यक छ । पुराना दलप्रति वितृष्णा बढेका बेला रवि जस्तै धेरै ब्यक्ती मुल धारको राजनीतिमा आएका हुन । तर आफुमाथि उठेका प्रश्नबारे जनतालाई प्रष्ट पार्न सकेनन् र सत्तामा जानुलाई मात्रै प्रमुख मुद्धा बनाए भने नेपाली राजनीति झनै गिजोलिने अवस्था देखिन्छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #छोटो समयमा नै, #राष्ट्रिय स्वतन्त्र पाटी, #सभापति रवि लामिछाने
तपाईको कमेन्ट लेख्नुहोस्