Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

नेकपा एकीकृत समाजवादीले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र, बाच्नै धौ–धौ भो


काठमाडौं । माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई अर्थतन्त्र सुधारका लागि सुझावसहित ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपा एसले जर्जर बनेको देशको अर्थतन्त्र सुधार युवा र बौद्धिक जनशक्ति रोक्न प्रभावकारी कदम चाल्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएको हो ।

यस्तै, विद्यालय तहमा एक सीपमूलक विषय अनिवार्य गर्नुपर्ने र कृषि उत्पादन वृद्धिमा जोड बिक्रीको प्रबन्ध गर्नुपर्ने सुझाव पनि ज्ञापन पत्रमा उल्लेख गरेको छ । त्यसैगरी बहुवर्षिय योजनाका नाममा बजेटमा छुट्याउने र काम नहुने समस्या अन्त्य गर्नुपर्ने, सरकारी लगानीमा निर्माण गर्ने जलविद्युत निर्माणको काम तत्काल अगाडि बढाउनुपर्ने र नीति क्षेत्र तथा सहकारीलाई पनि आकर्षित गर्नुपर्ने सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै उल्लेख गरेको छ ।

आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौ–धौ भएको भन्दै ध्यानाकर्षण गराएको छ । दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको एकीकृत समाजवादीको ठहर छ ।

एकीकृत समाजवादीले संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न, महँगी नियन्त्रण गर्न, समस्याग्रस्त उद्योग तथा व्यवसायले जरिमाना र कर तिर्ने सुविधा तथा भाखा नाघेका ऋणको किस्ता र ब्याज तिर्ने अवधि २०८० असार मसान्तसम्मलाई बढाउन लगायतका माग गरेको छ ।
यस्तो छ ज्ञापन पत्र


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आर्थिक संकट, #नेकपा एकीकृत समाजवादी

तपाईको कमेन्ट लेख्नुहोस्