Techie IT
  • ८ जेठ २०८२, बुधबार
KhojPatrika

काठमाडौं आइपुगिन अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड


काठमाडौं । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेकी छन् । नेपाल आएकी उनले भोलि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेता भेट्ने कार्यक्रम छ । प्रचण्ड प्रधानमन्त्री भएपछि कुनै पनि उच्च तहको विदेशी नेतृत्वको यो पहिलो भ्रमण हो ।

नुल्यान्डले भोलि सोमबार नै एमाले अध्यक्ष केपी ओली र विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेट्नेछिन् । उनले परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग पनि भेट्ने कार्यक्रम छ । नेपालमा चुनावपछि भएको राजनीति परिवर्तन र अमेरिकी सहायता परियोजनाहरुको प्रगतिबारे नुल्यान्डले यो भेटमा विशेष चासो राख्ने बताइएको छ ।

३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी उपविदेशमन्त्री नुल्यान्डले अमेरिकाका राष्ट्रपति जो बाइडेन, पूर्व राष्ट्रपतिहरु बाराक ओबामा र जर्ज डब्ल्यु बुस नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारीहरु निभाएकी छन् । दूतावासले भनेको छ, ‘यो नेपाल भ्रमणको क्रममा उहाँले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी हाम्रा दुई देशबीचको बलियो दौत्य सम्बन्धमाथि जोड दिनु हुनेछ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं