विमानस्थलमा आवात–जावतमा पास बनाइदिए बाफत घुस, आन्तरिक टर्मिनल प्रमुख चुडाल पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा चुडाललाई पक्राउ गरेको हो ।
चुडालले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवत–जावत गर्न पास बनाइदिने भन्दै प्रतिमहिना १० हजार लिने गरेको अख्तियारले जनाएको छ । २०७८ कात्तिकदेखि हालसम्म १ बर्ष ५ महिनाको एक मुष्ठ १ लाख ५० हजार घुस लिइसकेका अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले घुस दिने रकमको नोटका नम्बरहरु पहिल्यै नोट गरेको थियो । तर, आयोगका कर्मचारीहरु पुग्दा उनको साथमा त्यो रकम भने भेटिएको छैन । कार्यकक्षमा रहेको दराजमा स्रोत नखुलेको ८ लाख रुपैयाँ भेटिएको अख्तियारले जनाएको छ । चुडालले त्यो रकमको स्रोत खुलाएका छैनन् ।
घुसवापत लिएको रकम उनले कहाँ राखे भन्ने विषयमा पनि खोजी भइरहेको अख्तियारले जनाएको छ । चुडाल नागरिक उड्डयन कार्यालय, चन्द्रगढी झापाबाट सरुवा भएर काठमाडौं आएका हुन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्