विमानस्थलमा आवात–जावतमा पास बनाइदिए बाफत घुस, आन्तरिक टर्मिनल प्रमुख चुडाल पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा चुडाललाई पक्राउ गरेको हो ।
चुडालले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवत–जावत गर्न पास बनाइदिने भन्दै प्रतिमहिना १० हजार लिने गरेको अख्तियारले जनाएको छ । २०७८ कात्तिकदेखि हालसम्म १ बर्ष ५ महिनाको एक मुष्ठ १ लाख ५० हजार घुस लिइसकेका अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले घुस दिने रकमको नोटका नम्बरहरु पहिल्यै नोट गरेको थियो । तर, आयोगका कर्मचारीहरु पुग्दा उनको साथमा त्यो रकम भने भेटिएको छैन । कार्यकक्षमा रहेको दराजमा स्रोत नखुलेको ८ लाख रुपैयाँ भेटिएको अख्तियारले जनाएको छ । चुडालले त्यो रकमको स्रोत खुलाएका छैनन् ।
घुसवापत लिएको रकम उनले कहाँ राखे भन्ने विषयमा पनि खोजी भइरहेको अख्तियारले जनाएको छ । चुडाल नागरिक उड्डयन कार्यालय, चन्द्रगढी झापाबाट सरुवा भएर काठमाडौं आएका हुन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
ताजा खबर
- १एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
- २घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
- ३पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ४सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
- ५प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



तपाईको कमेन्ट लेख्नुहोस्