उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित
काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार बसेको प्रतिनिधिसभा बैठकमा उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।
प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २ सय ६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १ सय ६६ र विपक्षमा ९७ मत परेको थियो ।
सभामुख देवराज घिमिरेले सबैभन्दा पहिला रानाको उम्मेदवारीलाई सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ बसे ।
इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरेका थिए । मत विभाजनको क्रममा रानाको पक्षमा बहुमत सांसद देखिएपछि उनको प्रर्तिस्पर्धी रहेकी कांग्रेस सांसद मुक्ताकुमारीको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नुपरेन ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #इन्दिरा राना मगर, #इन्दिरा राना मगर निर्वाचित, #सोबिता गौतम
ताजा खबर
- १जेन–जी विद्रोहमाथि दमन गर्नेहरूलाई अन्तरर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्छौंः गृहमन्त्री अर्याल
- २केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छः लेखराज भट्ट
- ३राजेन्द्र लिङदेनको प्रस्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं
- ४केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य
- ५पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित



तपाईको कमेन्ट लेख्नुहोस्