चित्रबहादुर केसीले भने जस्तै होला त सबै दलको लडाई राष्ट्रपतिको चुनावमा !
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत दिएपछि धेरै आकलन भइरहेका छन् । सबैको चासो छ नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको उम्मेद्वारलाई मतदान गर्छ या गर्दैन । कांग्रेसले माओवादीको साथ पाउने आश लिएको छ । सभामुख र उपसभामुखमा माओवादीको साथ नपाएको कांग्रेसले राष्ट्रपतिको चुनावमा भने साथ दिन्छ भन्नेमा ढुक्क जस्तै छ । सोही अनुसार कांग्रेसका नेताहरु नै भनिरहेका छन् अवको लडाई राष्ट्रपतिको चुनाव नै हो ।
कांग्रेसको सोही भनाईलाई बल पुग्ने गरी प्रतिपक्षमा रहेको राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमै लडाई हुने बताएको छ । शनिबार संसदमा बोल्दै अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले अब सबै राजनीतिक दलहरूको लडाई राष्ट्रपति कसलाई बनाउने भन्नेमा पर्ने बताए । उनले सबै दलले कम्फर्टेबल राष्ट्रपति खोजेको बताउँदै गत पुस २६ गतेदेखि नै राष्ट्रपतिका लागि लडाई सुरु भएको बताएका थिए ।
सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ । कम्फर्टेबल सभामुख चाहिन्छ । त्यसले गर्दा राष्ट्रपतिले, सभामुखले दूधको–दूध, पानीको पानी नियम अनुसार निर्णय गर्न सक्छ ? सक्दैन । यो रोगबाट हामी मुक्त हुनुपर्छ । हामीले संसदीय प्रणालीको बखान गर्न नथाक्ने अनि त्यसको नियमलाई प्रणालीलाई नमान्ने भएपछि वास्तवमा हामीले यो संसद्लाई राम्रोसँग चलाउन सक्दैनौँ ’अध्यक्ष केसीले भने ।
उनले पार्टीका नेताहरूले गरेको कुरा सुन्दा उपसभामुखको उम्मेदवार सभामुखको जस्तो भएको बताएका थिए । कांग्रेसलाई नै निरन्तर साथ दिदै आएका अध्यक्ष केसीको भनाईलाई मान्ने हो भने राष्ट्रपति निर्वाचनमा बढी मेहनत र कसरत हुने देखिन्छ । सत्तारुढ दलमा नेकपा एमालेले राष्ट्रपति पाउने सहमति छ । अध्यक्ष केपी शर्मा ओलीले पनि एमालेबाट राष्ट्रपतिको उम्मेद्वार बनाउने र सबैले समर्थन गर्नुपर्ने बताएका थिए । माओवादीले कांग्रेसको उम्मेदवारलाई मत दिए सत्ता गठबन्धन नै भत्किने अवस्था आउन सक्छ । सोही कुरा कांग्रेसले चाहिरहेको छ । प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि एमाले अध्यक्ष ओली र कांग्रेस नेताहरुबीच घोचपेच चलिरहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रचण्ड, #राष्ट्रपतिको चुनाव, #विश्वासको मत
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्