Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

एमाले अध्यक्ष ओलीलाई कांग्रेस महामन्त्री शर्माको जवाफः संसदलाई पिँजडा बनाउन नखोज्नु


काठमाडौं । एमाले अध्यक्ष केपी ओली वाकपटुता भएको नेताको रुपमा चिनिन्छ । त्यस्तै प्रतिनिधि सभामा पहिलो पटक प्रवेश गरेका ओलीकै गृह जिल्ला झापाका कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्मा पनि विपक्षीलाई कडा प्रहार माहिर मानिन्छन । ओलीले पुष २६ गते कांग्रेसलाई ढोक्सा थापेको भनि गरेको कटाक्षको जवाफ शर्माले संसद बैठकबाट फर्काएका छन् । गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरिरहेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने बताएको थियो । सोही क्रममा प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत माग्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसमाथि खनिएका थिए । ओलीले संसदको रोष्टमबाट कांग्रेस र राप्रपा समान हैसियतमा सरकारका सहयोगी बनेको भन्दै कांग्रेसको समर्थन सदाशयताबाहेक अरू उद्देश्य भए त्यो सफल नहुने दाबी गरेका थिए ।

ओली त्यतिमा मात्रै रोकिएनन्, कांग्रेसले जाल थाप्न खोजेको हो भने ढोक्सा थाप्न खोजेको हो भने माछा नपर्ने चेतावनी समेत दिएका थिए । कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले बिहीबारको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कटाक्षप्रति प्रतिवाद गर्न भ्याए ।

महामन्त्री शर्माले ओलीको प्रतिवाद गर्दै आफूहरुले ढोक्सा नथापेको र माछालाई जाल पार्ने योजना नबनाएको चेतावनी दिए । शर्मा पनि त्यतिमा मात्रै रोकिएनन्, आफू प्रधानमन्त्री भएको बेला उच्चस्तरीय राजनीतिक संयन्त्र बनाऔं भन्दा संविधानले दिँदैन भनेका ओलीले प्रचण्ड प्रधानमन्त्री हुँदा संयन्त्रको नेतृत्व लिएकोतर्फ संकेत गर्दै माछा र ढोक्साको कथा हालेर प्रधानमन्त्रीलाई कसिलो पिँजडा बनाउन खोजेको आरोप लगाए ।

सामान्यतय संसद बैठकमा घोचपेच हुनु अन्यथा होइन । फरक पृष्ठभूमिका दलबाट निर्वाचित सांसदहरुले एक अर्काप्रति कटाक्ष गर्नु पनि स्वभाबिकनै हो । तर वर्तमान सरकार गठनमा किङ मेकर ओली र यो सत्ता गठबन्धन भत्काएर राष्ट्रपति पद हत्याउने दाउमा रहेको काग्रेसका शीर्ष नेताको जुहारीले ठूलो राजनीतिक अर्थ बोकेको टिप्पणी हुन थालेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #केपी ओली वाकपटुता

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं